अपराधीक गतिविधिमा संलग्न रहेको आरोपमा बिप्लवका ५ कार्यकर्ता प्रहरी नियन्त्रणमा ।

 

चितवन २८ चैत । अपराधीक गतिविधिमा संलग्न रहेको भन्दै चितवन प्रहरीले विप्लव निकटका ५ कार्यकर्ताहरु लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर क्षेत्रपुरस्थित कालिका कन्स्ट्रक्सनमा विस्फोट गराउने जिल्ला सदस्य दिवस भुषाल र भरतपुर महानगरपालिकाका वर्डा नम्बर १० का वडा अध्यक्ष अरुण पिडित भण्डारी माथि आक्रमण प्रयास गर्ने ४ जना विप्लव कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ परेका भुषालले होम मेड एक्पोलिभ बनाएर राखेर नहर नजिक रहेर विस्फोट गराउदा कालिकाको ३ ४ वटा झ्यालका सिसा फुटेको र पर्खाल चर्किएको जनाएको छ । यस बिषयमा अनुसन्धान भईरहेको
चितवनका प्रहरी प्रमुख दिपक थापाले जानकारी दिए ।