अज्ञात समुहद्वारा कालिका कन्स्ट्रक्सन कार्यालय अगाडि बम बिस्फोट

चितवन , २८ चैत । राप्रपा प्रजातान्त्रिकका नेता तथा पूर्व मन्त्री विक्रम पाण्डेको स्वामित्वमा रहेको भरतपुर ( २ क्षेत्रपुर स्थित कालिका कन्स्ट्रक्सन कार्यालय अगाडि मंगलबार राति अज्ञात समूहले बम विस्फोट गराएको छ । गएराती करिब साँँढे आठ बजे भएको कार्यालयको कम्पाउण्डमा भएको बम विस्फोटबाट कुनै मानवीय क्षति भने हुन नपाएको गराएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी निरीक्षक केशव शाहले जानकारी दिए । बमको छर्राले भवनका केही झ्यालका सिसा फुटेका छन् । अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले घटनास्थलको निरिक्षण गरिरहेको छ । घटना कसले र किन गराएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिररहेको शाहले बताए ।एक साता अघि मात्रै विप्लव समुहले कालिका कन्सटक्सनको जेसिबिमा आगजनी गरेको थियो ।