अज्ञात समूहद्वरा वडाध्यक्ष भण्डरीमाथि आक्रमण ।

 

चितवन २७ चैत । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १० का वडाध्यक्ष अरुणपिडित भण्डरीमाथि मंगलबार आक्रमण भएको छ । नारायणगढको सिद्धी आयल स्टोर्समा पेट्रोल भर्ने क्रममा उनलाई स्कुटरमा आएका एक अपरिचित व्याक्तिले आक्रमण गरेका हुन् । उनी चढेको बा १० च २५९२ नम्बरको गाडीमा मोविल छर्कनुका साथै ढुंगाले हानेर भागेका पीडित भण्डारीलाई उद्द्त गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आक्रमणबाट भण्डारी सामान्य घाइते भएका छन् । पेट्रोलपम्पको सिसिटिभीको भिडियोका आधारमा घटनामा संलग्नको खोजीकार्य तिव्र पारिएको प्रहरीको भनाई छ ।