चितवनमा भएको छुट्टाछुट्टै दुर्घटनामा ११ घाइते , दुईको अवस्था गम्भीर ।

 

चितवन , २७ चैत । पुर्वी चितवनको राप्ती नगरपालिका ३ झुरझुरेमा मंगलबार भएको सवारी दुर्घटना ११ जना घाइते भएका छन् । चितवनबाट हेटौंडातर्फ जाँदै गरेको लु १ ख ८९४६ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना ५३ प ७८३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जना गम्भिर घाइते भएका हुन् । घाइते हुनेहरुमा मकवानपुर मनहरी २ बस्ने बर्ष २५ को मंगल सिंह तामाङ र मोटरसाइकलमा सवार सोही स्थानका बर्ष २० को सन्जोक तामाङ रहेका छन् । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै, सोही ठाउँ नजिकै भण्डाराबाट भरतपुर आउँदै गरेको बा ३ ख ७३८६ नम्बरको मिनिबस आफैं अन्यिन्त्रीत भई पल्टिंदा ९ यात्रु घाईते भएका छन् । घाइतेहरुको पहिचान खुलेको छैनन् ।