अनेरास्ववियु क्रान्तिकारी चितवनको २९ औं जिल्ला सम्मेलन बुधबारदेखि भरतपुरमा हुने

 

 चितवन २७ चैत । अनेरास्ववियु क्रान्तिकारी चितवनको २९ औं जिल्ला सम्मेलन बुधबारदेखि भरतपुरमा हुने भएको छ । जनवादी र बैज्ञानिक शिक्षाका लागि हाम्रो अभियान, शैक्षिक माफियाकरण विरुद्ध २९ औं जिल्ला सम्मेलन भन्ने मुल नाराकाा साथ विद्यार्थी सम्मेलन हुन लागेको अनेरास्ववियु क्रान्तिकारी चितवनले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । सम्मेलन स्कुल अफ हेल्थ साइन्समा हुने वताइएको छ । सम्मेलनले चितवनमा बलियो ३१ जना सदस्य सम्मको जिल्ला कमिटी गठन गर्ने जिल्ला अध्यक्ष अमित सापकोटाले जानकारी दिए । चितवनमा अनेरास्ववियु क्रान्तिकारी चितवनको ५४ ओटा ईकाइ कमिटी र निजी विद्यालय एवं क्याम्पसहरुमा १३ ओटा सम्पर्क कमिटी रहेको सापकोटाले वताए ।