आईजीपी बन्न तिनै डिआईजीको दौडधुप बढ्यो , कसले मार्ला त बाजी ?

                                                                
चितवन । बहालवाला आईजीपीको अवधि सकिन लाग्दा नयाँ आईजीपी बन्न आईजीपीका सम्भावित पात्रहरुको दौडधुप बढेको छ । नेपाल प्रहरीमा वर्तमान आईजीपी प्रकाश अर्यालले भोली २९ चैतबाट अवकाश पाउँदैछन् । ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी अर्यालसँगै हालका १५ जना एआइजीले विदा लिदैंछन् ।
प्रहरीमा नेतृत्व फेरिन अब एक दिन मात्रै बाँकी हुँदा नयाँ आईजीपी बन्ने दौडमा रहेका डिआईजीहरुको सक्रियता एक्कासी ह्वात्तै बढेको छ।
आइजिपीका सम्भावित पात्रहरुमा डिआईजी सर्वेन्द्र खनाल सबैभन्दा अगाडी छन्, उनीसँगै रमेश खरेल र पुष्पकर कार्कीको नाम पनि अगाडिल नै छ । तीनै जना डिआईजीहरु नेतृत्व आफूले पाउनुपर्नै भन्दै राजनितीक लविगंमा व्यस्त छन् । सबैका आ आफ्ना दाबी र प्रयासका विच बाजी चाही कस्ले मार्र्नेे हो, त्यो भने हेर्न बाँकी नै छ, यधपी सम्भवत ः आजभोली मै मुलुकले नयाँ आईजीपी पाउने कुरामा भने कुनै शंका छैन् ।
आइजिपी छान्ने अधिकार बर्तमान ओली सरकारसँग छ । नयाँ आईजीपी कसलाई बनाउने भन्नेबारे सत्तारुढ दल एमाले र माओवादी केन्द्रबीच छलफल चलिरेको भएपनि निचोड भने आईनसेकाले डिआईजीहरुको दौडधुप र चलखेल ह्वातै बढेको हो ।
२०४६ सालमा प्रहरी सेवा प्रवेश गरेदेखि नै विभिन्न क्षेत्रमा आफ्नो कार्यकुशलता देखाई सकेका डीआईजी खनाल एक नम्बरमा रहेका छन् भने उनको पछि–पछि रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धामा रहेका छन् ।     समचार विश्लेषण 
डीआईजी खनाल अपराध महाशाखाको प्रमुखका रूपमा आएपछि फुटबलमा हुने म्याच फिक्सिङ, गुण्डाका नाईके कुमार घैंटेको इन्काउन्टर, पेट्रोल पम्पहरूमा हुने ठगी र मानव बेचविखनमा परेर अलपत्र परेका ६ सय जनाको उद्धार, कन्सलटेन्सीमा छापा, हुण्डीको गिरोहलाई तहसनहस बनाउने काम गरेका थिए । त्यस्तै तराईमा फैलिएको भूमिगत गिरोहलाई छिन्नभिन्न पार्नुका साथै नेपालमा अपराध गरेर भारतमा लुक्ने र भारतमा अपराध गरेर नेपाल लुक्ने अपराधीको समूहलाई समेत खनालको नेतृत्वमा ध्वस्त पारिएको थियो ।
खनालपछि दोस्रो नम्बरमा रहेका खरेल एसपी हुँदा उनले पनि गुण्डाको सातो खाने र तराईका केही भूमिगत समूहलाई नियन्त्रणमा लिएर चर्चा कमाएका थिए । खरेलले कास्की, सिराहा र काठमाडौंमा बस्दा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै, डीआईजी पुष्कर कार्कीले समेत आफूलाई आईजीपीको दाबेदारका रूपमा प्रस्तुत गरेका छन् । गुण्डा नाइके दिनेश अधिकारी ’चरी’को इन्काउन्टरले कार्कीलाई जनतामाझ स्थापित गराएको हो । तर, उनी वरीयतामा पछाडि र एसएसपीबाट डिआईजी बन्दा खनाल र खरेल भन्दा कम अंक रहेका छन् यधपी राष्टपति विधादेवी भण्डारीको भाई नातेदार पर्ने साथै एमाले पार्टीमा शुभचिन्तक एवं सहयोगी छवि स्थापित गरेका कारण पनि कार्कीको सम्भावनालाई पनि नर्कान सकिदैन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले स्वविवेक प्रयोग गर्ने र योग्य र सक्षम व्यक्तिलाई आईजीपी बनाउने कुरा आफू निकटका नेताहरुसँग यस अघि नै व्यक्त गरिसकेको कुरा आईसकेकोले अहिलैं को आईजीपी बन्छ भनेर भन्न सकिन्न । तर श्रोतले दिएको जानकारी अनुसार रमेश खरेललाई आईजीपी बनाउने गरी ओली सरकार लागेको तर गृहमन्त्री रामबहादुर थापा बादलले भने खनाललाई बनाउनुपर्ने अडान राखेकाले गठबन्धन सरकारमा विवाद बढदै गएको बुझिएको छ ।
यस कारण पनि आईजीपी छान्ने कार्य सरकारलाई पहाड फोर्ने कार्य जस्तो भएको छ । वरिष्ठता, काबिलता र क्षमताका हिसाबले खनाल आईजीपी हुने संभावना प्रवल रहेपनि उनी नेपाली काँग्रेसको पृष्ठभुमिबाट आएको कारण ओली सरकारले खनालर्ला नै आईजीपी बनाउला भन्ने छैन् । बाहिर चर्चामा आएको कुरा अनुसार भन्दा ओली सरकारले दोश्रो बरियताका खरेलर्ला आईजीपी बनाउने विवाद आएमा वा अदालतले रोकेमा पुस्कर कार्कीलाई ल्याउने डिजाईन अन्र्तगत काम भईरहेको श्रोतको दाबी छ, तर त्यसो गरेर विवाद बढाउदा सरकारलाई दिर्घकालिन हिसाबमा घाटा हुने हुनाले रोलक्रम अनुसार खनाललाई नै आईजीपी बनाउने सरकारको तयारी रहेको गृहमन्त्रालय निकट श्रोतको दाबी छ । हेरौ कस्ले मार्ला त आईजीपीको बाजी ?