गृहमन्त्री बादलले ल्याए ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना

ड्रोनबाट सीमा क्षेत्रको निगरानी गरिने

(पूर्णपाठसहित)

१९ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना आज एक कार्यक्रमका विच सार्वजनिक गरेका छन् ।
गृहमन्त्री बादलले मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरुसहित एक समारोहको आयोजना गरी उक्त कार्ययोजना सार्वजनिक गरेका हुन् ।

गृह प्रशासन सुधार कार्ययोजना २०७४

कार्य योजनामा उनले मुख्यतः राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण, भ्रष्टाचार, कालोबजारी नियन्त्रण र जनतालाई ‘क्विक सर्भिस डेलिभरी’ लाई प्राथमिकता दिएका छन् ।
कार्य योजनामा हरेक स्थानीय तहमा एउटा सुरक्षा पोष्ट स्थापना गर्ने, निजामति र प्रहरीतर्फको जनशक्ति व्यवस्थापन तथा सेवा प्रभावकारी बनाउने, सुरक्षा निकायलाई सूचना प्रविधिमैत्री बनाउने, विपद् व्यवस्थापनका लागि छुट्टै प्राधिकरण स्थापना गर्न पहल गर्ने र सुशासन प्रबर्द्धन गर्ने उल्लेख छ ।

साथै, ड्रोनको प्रयोग गरेर अब सीमा क्षेत्रको निगरानी गरिने समेत उल्लेख गरिएको छ ।