चितवनबाट प्रचण्ड उदघोष : बराबरी भएमा मात्रै पार्टी एकता

 

चितवन,चैत १९ /वामगठबन्धनको एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बराबरी सिद्धान्तको आधारमा मात्र पार्टी एकता हुने बताएका छन् । गृह जिल्ला चितवन आएका प्रचण्डले पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै उनले पार्टी एकता प्रतिशतका आधारमा नहुने बताए । उनले पार्टी एकता चुनाब जस्तो नभएको भन्दै सिद्धान्त प्रतिशतका आधारमा नहुने बताए । बराबरी सिद्धान्तको आधारमा मात्रै पार्टी एकता गर्नुपर्ने प्रचण्डको जोड छ ।
प्रचण्डले आफ्नो भनाइले पार्टी एकतामा अफ्ठ्यारो पर्ने स्थिति नभएको भन्दै एक पटक छलफल गरेपछि सबै कुरा टुङ्गिने दावी गरे । उनले कार्यदलले दिएको रिपोर्ट अनुसार नै बैशाख ९ गते पार्टी एकता हुने बताए ।

अर्को प्रसंगमा प्रण्चण्डले नेकपाले वारेन्ट पूर्जि जारी गरेको सम्वन्धमा वाईयात फेन्टास्टिक र सिल्ली कुराको जवाफ दिन नचाहेको भन्दै प्रश्न नगर्न पत्रकारलाई आग्रह गरे ।