भरतपुरको प्रकृती कपास उद्योगमा आगलागी

४० लाख बराबरको क्षति

चितवन ०२ चैत । चितवनको भरतपुरस्थित रिजाल चोकमा रहेको प्रकृती कपास उद्योगमा शुक्रबार आगलागि भएको छ । विहान करिव ९ बजेको समयमा मेसिन चलाउने क्रममा आगलागि भएको हो । आगलागीबाट करिव ४० लाख रुपैयाँ बराबरको क्षति भएको चितवन प्रहरीले जनाएको छ । उद्योगकी संचालिका सम्झना कोइराला काठमाडौं गएकोले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागी लाई नियन्त्रणमा लिन दमकल, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी खटिएका थिए ।