लायन्स क्लवको अध्यक्षमा दिपक अधिकारी चयन


नारायणगढ, चितवन, १ चैत्र ।
लायन्स क्लव अफ नारायणगढ संगमचोकको १६औं वार्षिक अधिवेशनबाट क्लवको अध्यक्षमा दिपक अधिकारी चयन भएका छन् । क्लवका अध्यक्ष कपिल सागर कर्माचार्यको अध्यक्षतामा भएको अधिवेशनबाट वर्ष २०१८÷१९ को लागि अधिकारी अध्यक्षमा चयन भएका हुन् ।
क्लवका संस्थापक अध्यक्ष उन्नत श्रेष्ठ, एरिया को–अर्डिनेटर राजेन्द्र गौतम र क्लवका पूर्व अध्यक्षहरुको निर्वाचन मण्डलले सचिवमा घनश्याम न्यौपाने, कोषाध्यक्षमा बुद्धि प्रसाद अधिकारी चयन भएको बताएका छन् । त्यस्तैगरी क्लवको प्रथम उपाध्यक्षमा खगीसरा खरेल, द्वितीय उपाध्यक्षमा घनश्याम सुवेदी र तृतीय उपाध्यक्षमा आश्विन श्रेष्ठ चयन भएका हुन् । बुधबार भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दिपक अधिकारी, संस्थापक अध्यक्ष उन्नत श्रेष्ठ, एरिया को–अर्डिनेटर राजेन्द्र गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।