चितवनमा करेन्ट लागेर एकको मृत्यु ।


चितवन ०२ चैत । चितवनमा करेन्ट लागेर शुक्रबार एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२१ रतनपुरमा करेन्ट लागेर ७ बर्षका हिम तामाङको मृत्यु भएको हो । आफ्नै घरको आँगनमा रहेको तारमा छुदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
उनको शवलाई अहिले पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।