पिप्लेमा ट्रीपर दुर्घटनामा एकको मृत्यु ।

चितवन १८ फागुन । पुर्वीचितवनको पहाडी भेग राप्ती नगरपालिका वडा नम्बर १ परेवाकोटमा शुक्रबार दिउँसो ना ७ ख २९८४ नम्बरको ट्रीपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रीपरमा सवार मकवानपुर जिल्ला निवासी २२ बर्षिया सुनिल मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार उक्त सवारी भित्री सडकमा ग्रावेल झारेर परेवाकोटवाट लाथेर आउदै गर्दा कच्ची सडकबाट करिब १ सय ५० मिटर तल भिरमा खसेर दुर्घटनामा परेको हो । घाइतेहरुको अहिले भरतपुरस्थित एलाइभ हस्पिटलमा उपचार भइरहेको छ भने, ट्रीपर चालक फरार छन् ।