करको दायरामा आउन पुरानो मेडिकल कलेजलाई भरतपुर महानगरको रुलिङ्ग

अन्यथा अस्पताल बन्द गर्ने चेतावनी ।

 

चितवन १८ फागुन । भारतीय नागरिक भि नटराज नगेन्द्र पम्पाटी लगायतको समूहले चलाउँदै आएको भरतपुरस्थित पुरानो मेडिकल कलेजमाथि चितवनको भरतपुर महानगरपालिका अब खर्‍रो रूपमा उत्रिने भएको छ । लामो समयदेखि कलेज कृत सम्पत्ति कर र व्यवसायीक कर नतिरेको भन्दै महानगरपालिकाका प्रशासकीय अधिकृत प्रेमराज जोशीले पुरानो मेडिकल कलेजलाई एक साताभित्र बन्द गर्ने चेतावनी दिएका हुन् । अधिकृत जोशीले भने,’ तिर्नुपर्ने ‘पैसा नतिरे मेडिकल कलेज बन्द हुन्छ ।’ त्यो चाँही कन्फर्म हो ।’ पटकपटक कर तिर्न हामीले प्रशासनसमक्ष आग्रह गर्‍यौं , तर हाम्रो आग्रह लाई उहाँहरु कसैले गम्भीरतापुर्वक लिनु भएनन् फलस्वरूप अबको केही दिनभित्रै तिर्नुपर्ने कर नतिरे कलेज बन्द गर्नेछौँ । २३ वर्ष अघि भरतपुरमा स्थापना भएको पुरानो मेडिकल कलेजले अहिलेसम्म कुनैपनि कर महानगरलाई हालसम्म तिरेको छैन । ‘हामीले पूरानो मेडिकल कलेजलाई पत्र पनि काटेका छौं, फोनमा पनि कुरा गर्न भनेको छौँ ,’ प्रशासकीय अधिकृत जोशीले भने, ‘हेर्दै जानुस् हामीले अब के गराउँछौं ।’ उनले अब कडा रुपमा जाने बताए । कलेजका एक कर्मचारीले दिएको जानकारी अनुसार महानगरको पत्र मेडिकल कलेजमा आइसकेको छ । तर, अघिल्लो आर्थिक वर्षको एकीकृत सम्पती कर र व्यवसाय कर तिरेको दावी कलेज प्रशासनको छ । यस बिषयमा हामीले पुरानो मेडिकल कलेजका सञ्चालक भि नटराज र प्रमुख प्रशासकीय अधिृकतलाई पटकपटक यस बारेमा जानकारी लिन खोज्दा उहाँहरु हामी सित बोल्न चाहेनन् ।

भरतपुर अस्पताललाई ९८ लाख भाडा तिर्न बाकी
यता, चितवन मेडिकल कलेजले बाहेक अन्य निजी अस्पतालले समेत कर तिर्न आनकानी गर्दै आएका छन् । भरतपुर महानगरले चालु आर्थिक वर्षमा ७० करोड आन्तरिक आम्दानी उठाउने लक्ष्य लिएको छ । भरतपुर अस्पताललाई ९८ लाख भाडा तिर्न बाँकी पुरानो मेडिकल कलेजले महानगरपालिका लाई मात्रैं हैन भरतपुर अस्पताललाई जग्गा भाडा वापतको तिर्नुपर्ने रकम समेत अझैसम्म तिर्न आलटाल गरिरहेका छन् । भरतपुर अस्पतालको ९ विगाहा जग्गा उपयोग गरेको भाडा तिर्न पूरानो मेडिकल कलेजले आनकानी गर्दै आएको हो । अस्पतालको लेखा शाखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७३र०७४ को ३६ लाख ७३ हजार १ सय ५५ र चालु आर्थिक वर्षको ६१ लाख २० हजार रकम भाडा तिर्न बाँकी छ । भाडा मात्रैं हैन मेडिकल कलेजका नाममा बेरुजु समेत देखिएको छ । आर्थिक वर्ष ०७२र०७३ महालेखा परीक्षकबाट ६७ लाख ७८ हजार पचास र आर्थिक वर्ष ०७३र०७४ मा ५६ लाख २५ हजार बेरुजु रकम देखिएको अस्पतालका लेखा अधिकृत हरिहर शर्मा तिवारीले जानकारी दिए ।