अमेरिका पठाइदिने वाहाना गर्दै ठगी गर्ने २ जना पक्राउ

अख्तियारको अधिकृत र मन्त्रीको पीए हुँ भन्दै २६ लाख ठगी गरेको खुलासा

१८ फागुन, काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्दै हिड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकृत र मन्त्रीको पीए हुँ भन्दै ७ जनासँग २६ लाख ठगी गरेका दाङका छविलाल चौधरी र उनकी पत्नी सुभद्रा कर्माचार्यलाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दाङका ४१ वर्षीय चौधरीले अमेरिकाको इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फिनिटजम भन्ने संस्थामा रोजगारी दिने भन्दै ७ जनासँग रकम असुलेका थिए । उक्‍त रकम आफ्नी पत्नी शुभद्रा कर्माचार्यको बैंक अफ काठमाडौंको खातामा र आईएमई मार्फत पठाउन लगाएका थिए ।
चौधरीले पीडितहरुलाई इन्स्टिच्युट अफ इन्फिनिटिजम संस्थाको निमन्त्रणा पत्रसमेत बनाएर पठाएका थिए । तर २६ लाख रुपैयाँ लिएर सम्पर्क्विहीन भएपछि पीडितको उजुरीको आधारमा उनीहरुलाई काठमाडौंको कालोपुलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।
चौधरीले पीडितसँग प्रतिव्यक्ति २५ लाख रुपैयाँ लाग्ने भन्दै पासपोर्टसमेत लिएका थए । प्रहरीले उनीहरुविरुद्ध ठगीको मुद्दा चलाएको छ ।