नाबालक विद्यार्थी माथि शिक्षकको करामत

कुटाइबाट छात्र घाइते

चितवन । ओम शान्ति ऐकेडमी कटहरचोक कृष्णपुरका एक शिक्षकले छात्रमाथि कुटपिट गरेको छ । कक्षा ४ मा अध्ययनरत छात्र अन्शल न्यौपानेलाई स्कुलका संगित शिक्षक विक्रम क्षेत्रीले निल डाम हुने गरेर कुटपीट गरेको हो । घट्नना हिजोको भए पनि बालकले परिवारलाई आज म स्कुल जान्न भनेपछि मात्रै बाहिर आएको हो । सोमबार संगित कक्षा चलिरहेको समयमा शिक्षक क्षेत्रीले कुटपिट गरेको घटना बाहिर आए पनि स्कुलले भने सामान्य रुपमा लिएको पीडितका बाबू निरञ्जन न्यौपाने बताए । यता, विद्यालयका प्रधानध्यापक हेम राज शर्मा समक्ष घट्नाबारे बुझ्दा उनले हामीलाई समेत घट्ना सामान्य भएको जिकिर गर्दै उनले भने, हामीले शिक्षक विक्रम क्षेत्रीलाई सचेत गराउने छौं , “घटनाको याथार्थ बुझेर निर्कषमा पुग्छौं । फेरी यस्तो घटना भए शिक्षकलाई बिद्यालय बाटै नै निश्काष्न गछौ ।” यता , पीडित भने शिक्षकलाई कार्वाही हुनुपर्ने अडानमा छन् । बाबू निरञ्जनका अनुसार घटनाबारे प्रिन्सिपल हेमराज शर्माले खासै चासो नदेखाएको भन्दै घट्ना बारे जानकारी गराउन मंगलबार जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला शिक्षा कार्यालय पुगेका छन् ।