श्रीमतीको आक्रमणबाट श्रीमानको ज्यान गयो


चितवन । पुर्वी चितवनको रत्ननगरमा एक महिलाले पिर्काले हानेर आफ्नु श्रीमानको हत्या गरेकी छिन् । रत्ननगर–११ मंगलपुरकी शर्मिला राईले पिर्काले हानेर श्रीमान् कुमार राईको हत्या गरेकी हुन् । प्रहरीबाट ढिलो गरी प्राप्त सूचना अनुसार फागुन ९ गते राती श्रीमतीको आक्रमण बाट घाइते भएका ४५ वर्षीय कुमारको ११ गते बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । श्रीमान श्रीमती बीचको घरायसी कलहका कारण घटना भएको इलाका प्रहरी कार्यालय रत्ननगरका डीएसपी बासुदेव खतिवडाले बताए । हरेक दिन श्रीमान रक्सी खाएर झगडा गर्ने गरेका कारण श्रीमतीले सहन नसकेर श्रीमानलाई पिर्काले हानेको शर्मिलाले प्रहरीलाई बयान दिएकी छिन् ।