वैद्य र विप्लव पार्टीको कार्यगत एकता चितवनबाटै सुरु हुँदै

 

चितवन, फागुन १५–
नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का विचमा चितवनबाटै कार्यगत एकता सुरु भएको छ । आज (मंगलबार) यी दुई पार्टीबीच भएको बैठकले कार्यगत एकता गर्ने निर्णय गरेको हो ।

पार्टी जिल्ला नेतृत्वबीच भएको बैठकले कार्यगत एकतासंगै चार बुँदे निर्णय समेत गरेका छन् । पहिलो निर्णयमै दुवै पार्टीबीच केन्द्रीय स्तरमा जारी सहकार्यलाई जिल्ला स्तरसम्म निरन्तरता दिन दुवै पार्टी सक्रियता पूर्वक सहभागि हुने उल्लेख छ ।

यस्तै यही फागुन १४ देखि २१ गतेसम्मको शहिद सप्ताह संयुक्तरुपमा मनाउने निर्णय गरेका यि दुई पाटीका विचमा भएको सहमतीको तेस्रो बुँदामा राष्ट्रियता, जनतन्त्र र जनजिविकाको विषयमा आगामि दिनमा सहकार्य गर्दै संयुक्त आन्दोलन गर्ने निर्णय गरेको छ । अन्तिम बुँदामा देशव्यापीरुपमा राजनैतिक नेता तथा कार्यकर्तामाथि राज्यको तर्फबाट भएको धरपक्कड ज्यादती प्रति खेद प्रकट गर्दै आगामि दिनमा संयुक्त रुपमा भण्डाफोर गर्ने निर्णय गरिएको उल्लेख छ ।

बैठकपछि जारी विज्ञप्तीमा नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट इन्चार्ज लालबहादुर बिसी र नेकपा (क्रान्तिकारी माओवादी)का तर्फबाट इन्चार्ज अम्बिका मुडभरीले हस्ताक्षर गरेका छन् । बैठकमा नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट केन्द्रीय सदस्य आधार, लालबहादुर बिसी, भिम ब. खडका ध्रुर्ब थिए भने नेकपा (क्रान्तिकारी माओवादी)का तर्फबाट मुडभरीसंगै अशोक शर्मा, बिपिन शर्मा र अमृत चापागाई लगातको सहभागिता रहेको थियो ।