अबैध ढुंगा गिट्टी उत्खनन्मा नक्कली रसिदको प्रयोग

 चितवन÷ कालिका नगरपालिका वडा नंं.६ मा रहेको कन्चन निर्माण सेवाले नक्कली रसिद काटेर अबैध रुपमा ढुंगा गिट्टी उत्खनन गरिरहेको पाईएको छ । पूर्वी चितवनको कयर खोलाबाट सो निर्माण सेवाले जिल्ला समन्वय समितिको नाममा बनाईएको नक्कली रसिद काटेर अबैध रुपमा ढुंगा गिट्टी बेचिरहेको पाईएको हो । जिल्ला समन्वय समितिले सो पुलबाट उत्तर तर्फको खोलबाट ढुंगा गिट्टी उत्खनन गर्न कन्चन निर्माण सेवालाई स्वीकृत दिएको छ । तर, सो सेवाले पुलदेखि दक्षिण तर्फबाट अबैध रुपमा ढुंगा गिट्टी उत्खनन गरेको पाईएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बताए । मेयर वनले ठेकेदारले नक्कली रसिद प्रयोग गरेर ढुंगा गिट्टी उत्खनन भईरहेको बताए । जिल्ला समन्वय समितिको नक्कली रसिद काटेर ढुंगा गिट्टी बेचिएको छ उनले भने यो गैर कानुनी काम हो । जथाभावी रुपमा कयर खोलाबाट ढुंगा गिट्टी उत्खनन गरिएका कारण खोला नजिकैका गाउँहरु जोखिममा परेका छन् । उता, पूर्वी चितवनको कयर खोलाबाट प्रहरीले नियन्त्रणमा दिएका २४ मध्य ११ वटा वटा ट्याक्टर गायव भएका छन् । इलाका प्रहरी कार्यालय रत्ननगरले कयर खोलाबाट नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिको कार्यालय भरतपुर लैजाने क्रममा बाटो बाटै ११ वटा ट्याक्टर भागेका हुन् । अबैध तरिकाले उत्खनन गरिएको ढुंगा गिट्टी बोक्ने २४ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा दिएका मध्य ११ वटा ट्याक्टर जिल्ला समन्वय समितिको कार्यालय र दुई वटा इलाका प्रहरी कार्यालयमा रहेको डिएसपी बासुदेब खतिवडाले जानकारी दिए । कयर खोलाबाट भरतपुर लैजाने क्रममा ११ वटा ट्याक्टर बाटै बाट भागेको उनले जानकारी दिए । डिएसपी चढेको इलाका प्रहरी कार्यालय रत्ननगर र इलाका प्रहरी कार्यालय खैरहनीको गाडीले ती ट्याक्टरलाई स्कटिङ गरेको थियो । १५ वटा ट्याक्टर गोन्द्राङ्ग बाट अगाडि लागेको मैले देखेको हो डिएसपी खतिवडाले भने त्यसपछि भरतपुर पुग्दा अन्तिममा ११ वटा समन्वय समितिको कार्यालयमा आईपुगे । डिएसपी खतिवडाले सबै ट्याक्टरहरुको नम्वर आफुसंग रहेको र उनीहरुलाई पुन नियन्त्रणमा लिने बताए । डिएसपीको आँखा छलेर भाग्नेलाई म कुनै पनि हालतमा छाड्दिनँ उनले भने अब झन कडा कारबाही गर्छु । पिठुवा र चैनपुर जोडने पुलबाट दक्षिण तर्फकोश कयर खोलाबाट अबैध रुपमा ढुंगा गिट्टी उत्खनन गरिरहेको अबस्थामा रत्ननगर नगरपालिकाका मेयर नारायण वन र प्रहरीको टालीले २४ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।