चितवन ट्राफिकलाई ६ थान ह्वील लकर प्रदान ।


चितवन । चितवनको नारायणगढका मेसिनरी व्यवसायीले ट्राफिक प्रहरीलाई सोमबार ह्वील लकर प्रदान गरेको छ । नारायणगढको बेलचोकमा रहेको त्रिदेव मेसिनरीका सञ्चालक सानु जिरेलले ट्राफिक प्रहरीलाई ६ थान ह्वील लकर प्रदान गरेका हुन् । पार्किङ निषेधित सडकमा जथाभावी रुपमा पार्किङ गरेर राखिएका सवारी साधनका धनीलाई कारबाही गर्न ह्वील लकर महत्वपूर्ण हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले बताए । अव्यवस्थित रुपमा जथाभावी पार्किङ गरिएका सवारी साधनको पाङ्ग्रामा ह्वील लकर लगाए पछि सवारी साधन चलाउन नसकिने भएकाले उनीहरुलाई कारबाही गर्न सहज हुने ट्राफिक प्रहरीको भनाइ छ । पार्किङ निषेध क्षेत्रमा सवारी साधन पार्किङ नगर्न पटक पटक आग्रह गर्दा समेत अटेरी भइरहेकोले अब एक्सनमा जाने समय आएको पन्तले बताए ।