क्यान्सर अस्पतालमा कार्यारत कर्मचारीहरु आन्दोलित

पदोनति र वृत्ति विकासको माग

चितवन, १५ फागुन स् चितवनको यज्ञपुरीस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यारत कर्मचारीहरु आन्दोलित भएका छन् । आफूहरुको स्वभाविक पदोन्नति र वृत्ति विकासमा अस्पतालले गलत कदम चालेको भन्दै कर्मचारी हरु आन्दोलित बनेका हुन् । पदोनति र वृत्ति विकास रोकिँदा आफूहरुमा नैरश्यता बढेको कर्मचारी अशोकबाबु लम्सालले बताए । अस्पताल सञ्चालक समितिले पदपूर्तिसम्बन्धी मौजुदा व्यवस्थामा संशोधन गरेकोमा कार्यकारी निर्देशकले अनुदार तरिकाले लामो समयदेखि एउटै पदमा कार्यरत कर्मचारीलाई बढुवा हुन नसक्ने प्रावधान गरिएको भन्ने जवाफ दिएपछि झनै पीडित सशंकित बनेको लम्सालले बताए । कर्मचारी लाई अस्पताल प्रशासनले बेवास्ता गरे थप आन्दोलन चर्काउने कर्मचारी रमेश शर्मा पौडेलले बताए । उनले भने, “हामीसँग छलफल नै नगरी अस्पताल प्रशासन अघि बढेको छ । यस विषयमा अस्पतालबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने डाक्टरहरुसमेत मुकदर्शक बन्नु विडम्बनापूर्ण छ ।” अस्पतालमा
आन्दोलनरत कर्मचारी अशोकबाबु लम्साल, रमेश शर्मा पौडेल, प्रेमप्रसाद कँडेल, कल्पना न्यौपाने, सावित्रा पन्त, पवित्रा सुवेदी, आशा कँडेल, अनिता अधिकारी, सुजाता पौडेल, अमृता पौडेल, सावित्री गुरुङ लगायत छन् । कर्मचारीले संयुक्त विज्ञप्ती जारी गर्दै अस्पताल प्रशासन अगाडी कालो व्यानरसमेत टाँगेका छन् ।