आन्तरिक राजश्व कार्यालय भरतपुरद्धारा लक्ष्यभन्दा बढी राजस्व संकलन

आन्तरिक राजश्व कार्यालय भरतपुरले माघ मसान्तसम्म लक्ष्यभन्दा वढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको ७ महिनामा कार्यलयले लक्ष्यभन्दा ७ प्रतिशत वढी राजश्व अशुल गरेको हो । माघ मसान्तसम्म ९ अर्व ९० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले जानकारी दिएको छ । माघ मसान्तसम्म कार्यलयले १० अर्व ६४ करोड राजश्व संकलन गरेको छ । यो लक्ष्यभन्दा ७ प्रतिशत वढी हो । कार्यलयले अन्तःशुल्कवाट सवैभन्दा वढी ९ अर्व ५ करोड राजश्व अशुल गरेको छ । अन्तःशुल्कतर्फ ८ अर्व १४ करोड राजश्व संकलन गर्ने कार्यालयको लक्ष्य थियो ।
कार्यालयले आयकर,व्याजकर,मुअकर,शिक्षासेवामा पनि लक्ष्य अनुसारको राजश्व अशुल गरेको छ ।
स्वास्थ सेवातर्फ सवैभन्दा कम राजश्व संकलन भएको छ । स्वस्थ्य सेवा तर्फ ५ करोड ६७ लाख लक्ष्य राखिएकोमा ३ करोड ७७ लाख राजश्व संकलन भएको हो ।

कार्यालयका प्रमुख कर अधिकृत थान प्रसाद पंगनीले कार्यालयले लक्ष्य भन्दा वढी राजश्व संकलन गर्न सफल भएपनि घरबाहाल लगाएतका कर संकलनमा भने समस्या भएको वताए । उनले भरतपुर महानगरमा घरवाहल कर वापत न्यूनतम मासिक ५ हजार रुपैैंया निर्धारण गरिएको भएपनि स्थायी लेखा नम्वर अनिर्वाय नगरिएकाले सवै करको दायरामा आउन नसकेको वताए ।