Breaking News

केन्द्रिय महासचिव चलाउनेलाई पक्राउ गरेकोमा चितवन क्रान्तिकारीको आपत्ति

चितवन , १२ फागुन । अनेरास्ववियु (क्रान्तिकारी)ले सम्मेलनलाई प्रभावित पार्ने उद्देश्यले संगठनका महासचिव दिपेन्द्र चलाउनेलाई प्रहरीले बिहीबार गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । संगठनका उपाध्यक्ष लालबहादुर तामाङले शुक्रबार विज्ञप्ती जारी गर्दै २१ औं राष्ट्रिय सम्मेलनलाई प्रभावित पार्ने नियतले सरकारले गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् । “संगठनको काममा रहेका बेला सम्मेलन प्रभावित हुनेगरी कथित केपी ओली नेतृत्वको फाँसिवादी सरकारले बिहीबार विहान १० बजे संगठनका महासचिव दिपेन्द्र चलाउनेलाई मुकुण्डोशैलीमा काठमाडौँको ज्ञानेश्वर नजिकबाट गिरफ्तार गरी कमलपोखरीमा राखिएकोले आततायी फासिवादी चरित्रप्रति घोर भत्सर्ना गर्दछौं ” तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उपाध्यक्ष तामाङले महासचिव चलाउनेलाई तत्काल विनासर्त रिहाई नगरे सामाजिक दलालहरुलाई लखेट्ने अभियान थालनी गर्न बाध्य हुने चेतावनी समेत क्रान्तिकारीले दिएको छ ।

sahid diwas