नेत्रविक्रम नेतृत्वको नेकपाको अन्य आन्दोलनका कार्यक्रम सार्वजनिक

चितवन  । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ुबिप्लवु ले मंगलबार गरिएको एक दिने नेपाल बन्दका क्रममा पक्राउ परेका नेताकार्यकर्ताहरुलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । बिप्लवले मंगलबार एक बिज्ञप्ती जारी गर्दै पक्राउ परेका आफ्ना कार्यकर्तालाई बिनाशर्त रिहाई नगरिए अझै सशक्त आन्दोलनको कार्यक्रम घोषणासहित प्रतिरोधमा उत्रने चेतावनी दिएका हुन् । महासचिव विप्लवले शान्तिपूर्ण कार्यक्रममा सहभागी स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली‘सुदर्शन’, पीबीएम पदम राई‘विकास’ लगायत बन्दका क्रममा गिरफ्तार गरिएका आफ्नु पार्टीका सम्पुर्ण नेता कार्यकर्ताहरुलाई यथाशिघ्र रिहाइको माग गरेका हुन् ।