चनौंलीमा बाह्रमासे जुवाखाल !

सई आचार्यलाई सधैभरि मालामाल !


चितवन । चितवनको चनौंलीमा बाह्रमासे जुवाखाल सञ्चालमा रहेको पाईएको छ । चनौलीका विभिन्न घर, होटल तथा केटेज रेष्टुरेण्टहरुमा बाह्रमासे जुवाखाल सञ्चालमा रहेपनि चितवन प्रहरीले जुवाडेहरुलाई कारबाही भने गर्न नसकेको पाईएको छ । चेन अफ कमाण्डलाई लत्याउदै प्रहरीऐन विपरित पटक पटक चनौली चौकीमा ईन्चार्जको रुपमा आएका सई भानु भक्त आचार्यले नै जुवाडेहरुलाई संरक्षण प्रदान गर्ने गरेको समेत बुझिन आएको छ । चनौलीको डि. डी. कटेज एण्ड बार, चनौली पार्टी प्यालेस लगाएतका स्थानमा जुवाखाल हुने गरेको चनौलीकै एक स्थानियले बताएका छन् । उक्त जुवाखालको बारेमा जानकारी भएर पनि प्रहरीले किन कारबाही गर्दैन त ? ति स्थानियले भण्डाफोरलाई बताए । प्रहरी नियमावलि विपरित एउटै चौकीमा दुई पटक सम्म काज मिलाई मालामाल भएका सई आचार्यकै कारण जुवा मौंलाईरहेको समेत खुल्नमा समेत आएको छ । सई आचार्यकै संरक्षणमा चनौली आसपासका पार्टी प्यालेस, कटेज रेष्टुरेण्ट र केही घरहरुमा दैनिक जसो जुवाखाल र वेश्यावृती भईरहेको स्थानियले बताएका छन् । यसरी प्रहरी नियामावली विपरित शक्तिको चाकडी गरी चनौली चौकीकै इन्चार्जका रुपमा दोस्रो पटक आएका सई आचार्यले संरक्षण गरि उक्त जुवाखालहरु मौलाएको समेत श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार उनलाई नेपाली काँग्रेसका विदेश विभाग प्रमुख चामुनारायण श्रेष्ठ, एआईजी केसरी घिमीरेका भाई देवेन्द्र घिमीरे र स्वंय एआईजी घिमिरेले नै संरक्षण गर्ने गरेको बुझ्नमा आएको छ । श्रोतका अनुसार सिघें भन्ने एक व्यक्ति र हाल जन प्रतिनिधीमा निर्वाचित एक जुवाडेले सञ्चालन गर्ने उक्त जुवाखाल सञ्चालन गर्न दिए बापत आउने कमिशन बरिष्ठ प्रहरी अधिकृत सम्म पुग्ने गरेको र हाल ति जनप्रतिनिधीले आफ्ना एकजना विश्वासपात्रलाई त्यो कार्यभार सुम्पिएको समेत खुल्नमा आएको छ । श्रोतका अनुसार जुवाखालको रकम एआईजी घिमीरे सम्म पुग्ने गरेको र उनैकोे निगाहमा त्यस चौकीमा नियमावली विपरित सरुवा आर्चाको थमौति भएपछि उनलाई त्याँहा मालामाल फलिफाप भएको बुझिन्छ । यसैविच नारायणी नदिको सिमरी टाउन,सिसुवार र गाँजीपुरमा ठेकेदारहरुले मनपरि रुपमा उत्खनन् गर्दा पनि आचार्य मौन रहनुले ठुलै रकमको चलखेलमा उक्त अबैध कार्यहरु भईरहेको रहस्य समेत खुल्नमा आएको छ । स्मरण रहोस जिल्लाको भरतपुर महानगरस्थित भरतपुर हाईटमा रहेको थकाली भान्छाघरमा प्रहरी सेटिङ्गमा लामोसमयदेखि सञ्चालित जुवाखाल भण्डाफोर अभियानको निरन्तरको खबर सम्प्रेषण पश्चात मात्र रोकिएको थियो । तर अहिले चनौल ीआसपासमा मात्र होईन जिल्लाको भरतपुर लगाएतका स्थानमन फेरी जुवाखाल र वेश्यावृती मौलाउन थालेको गुनासो बढिरहेको छ ।