युवा क्रिकेटर लामिछाने सम्मानित ।

 

रत्ननगर । युवा क्रिकेटर सन्दिप लामिछानेलाई रत्ननगर नगरपालिकाले मंगलबार सम्मान गरेको छ । चितवनको रत्ननगर निवासी लामिछानेलाईनगरपालिकाका मेयर नारायण वन र प्रमुख अतिथी प्रदेश सभा साँसद कृष्णप्रसाद खनालले दौसल्लाले ओढाई कदर पत्रले सम्मान गरेको हो । छोटो समयमा क्रिकेटमा ठुलो सफलता हात पारेर रत्ननगरको मात्रै नभई नेपालकै नाम अन्तर्राष्ट्रियमा चिनाउन भुमीका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए । सो अवसरमा प्रमुख अतिथि तथा प्रदेश सभा साँसद खनालले राजनितीक संक्रमणकाल अन्त्यतिर रहेकाले अब खेल क्षेत्रले ठुलो फड्को मार्ने विश्वास व्यक्त गरे । सो अवसरमा क्रिकेटर सन्दिप लामिछानेले विभिन्न खेलबाट खेलाडी उत्पादन गराउन सरकारले भुमिका निर्वाह गर्नु पर्ने धारणा राखेका थिए ।आईपिएलमा अनुवन्ध भएसंगै सन्दिपको व्यापक चर्चा छ ।