एमाले र माओवादीको नँया पार्टीको नाम अझै जुरेन

नेपाल कम्युनिष्ट पार्टी नाम राख्न नपाउने


नेकपा एमाले र माओवादी केन्द्रबीच ािजो मध्यरातमा पार्टी एकतासम्बन्धी सातबुँदे सहमतिपत्रमा हस्ताक्षर भइ नँया पार्टी घोषणा भईसकेको भएपनि नँया पाटीको नाम भने अझै जुर्न सकेको छैन् ।
दुई पार्टी एक भएपछि राख्ने भनेर रोजेको नाम नेपाल कम्युनिष्ट पार्टी पहिला नै निर्वाचन आयोगमा दर्ता भएको भेटिएसँगैं नँया पाटीको नाम अझै जुर्न नसकेको हो ।
ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी गत मंसिर १० र २१ गते भएको निर्वाचनमा घन र कोदालो चिन्ह लिएर सहभागी भएको थियो।
निर्वाचन आयोगका कानुन शाखाकाका अनुसार नेपाल कम्युनिष्ट पार्टी २०४८ साल अघि देखि नै आयोगमा दर्ता छ ।
यता, नेपाल कम्युनिष्ट पार्टीको नाम नेत्रविक्रम चन्द विप्लव समूहले पनि दाबी गर्दै आएको छ ।चन्दले दल दर्ता भने गराएका छैनन्।
आयोगले पहिला नै सोही नाममा अर्को दल दर्ता भएको अवस्थामा नयाँ दल सोही नाममा दर्ता गर्दैन। अब दुई ठूला वाम गठबन्धनले आफ्नो पार्टीको अर्को नाम जुराउनु पर्ने हुन्छ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ को १(ङ) मा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा दर्ता हुन नसक्ने उल्लेख छ। नेकपा एमाले र माओवादी केन्द्र मिलेर अब एउटै कम्युनिस्ट पार्टी बनाउने एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमतिमा हस्ताक्षर गरेका छन्। सहमतिअनुसार एकीकृत पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद र लेनिनवाद रहनेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति ११ बजेसम्म चलेको एकता संयोजन समिति बैठकले यस्तो निर्णय गरेको हो। दुवै दलका अध्यक्षसहित आठ जनाले पार्टी एकता गर्ने सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।