नेकपाको नेपालबन्द : चितवनमा आंशिक प्रभाव


चितवन, फागुन ८–
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको चितवनमा आंशिक प्रभाव परेको छ ।
बिहान १० बजेसम्म जिल्लाका लोकल रुट चल्ने सवारी साधनहरु चलेका छैनन् । जिल्लाका स्कुल, कलेज, कार्यलय बजार तथा पसलहरु बन्द रहेका छन् । मूख्यमार्गमा छिटपुट ट्रकहरु मात्रै चलेका छन् । कार्यकर्ता पक्राउ गरेको विरोधमा नेकपाले आज नेपाल बन्दको आह्वान गरेको थियो । केही दिन अघि प्रहरीले अनुसन्धानका लागि भन्दै पूर्वी नेपाल पुगेका नेकपाका बरिष्ठ दुई नेतालाई पक्राउ गरेको थियो । त्यसको बिरोध र सरकारी दमन तथा महङ्गीको विरुद्ध बन्द आह्वान गरेको नेकपाको विज्ञप्तीमा जनाईएको छ ।