राजधानी काठमाण्डौंको तीनकुनेमा बम

बम विप्लब नेतृत्वको नेकपाले राखेको हुनसक्ने

काठमाडौं, ८ फागुन । राजधानी काठमाडौंको तीनकुनेको बाग्मती पुलमा एक संकास्पद झोलामा बम फेला परेको छ । झोलामा खतरा लेखिएको शंकास्पद वस्तु फेला परेकामा त्यो बम रहेको पाईएको हो ।
सो शंकास्पद बस्तु बमनै रहेको महानगरिय प्रहरीले जनाएको छ । तीनकुने प्रहरी वृत अगाडि भेटीएको बम नजिकैको क्षेत्र अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

नयाँ वानेश्वर सहित अहिले सो क्षेत्र प्रहरीले घेराबन्दी गरी अनुसन्धान गरिरहेको छ । बम डिस्पोजका लागि नेपाली सेना आउने क्रममा रहेको प्रहरीले बताएको छ । बम नेकपाले राखेको हुनसक्ने प्रहरी अनुमान छ । आज विप्लब नेतृत्वको नेकपाले नेपालबन्द राखेको छ । बन्दलाई प्रभावकारी बनाउन बम राखिएको हुनसक्ने जानकारहरु बताउछँन ।