मजदुरहरुको हक हितका लागि टेड युनियन आवश्यक : पथिक

चितवन \माओवादी केन्द्रका स्थायी कमिटि सदस्य सूर्य सुवेदी पथिकले मजदुरहरुको हक हितका लागि टे«ड युनियनको आवश्यकता रहेको कुरामा जोड दिएका छन् । शनिबार संयुक्त एम्बुलेन्स चालक संघ नेपालको प्रथम राष्ट्रिय भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पथिकले देशभरका एम्बुलेन्स चालकहरु आफ्नो हक हितका लागि टे«ड युनियन गठन गरी संगठीत भएको भन्दै बधाइ समेत दिएका छन् । कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले जिल्ला सचिवालय सदस्य नारायणप्रसाद अधिकारीले अति संवेदनशील पेशाका रुपमा रहेका एम्बुलेन्स सेवालाई थप विस्वसनीय र स्तरीय बनाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै आफ्नो सेवा क्षेत्र भन्दा बाहिर गइ विभिन्न एम्बुलेन्स चालकहरुबाट अमर्या्दित काम भएको टिप्पणी गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले अनुशासित भइ काम गर्न आग्रह गरे । मादक पदार्थ सेवन, विभिन्न अवैध बस्तु ओसार–पसार र भनेको समयमा सेवा नदिने गरेको भनी पछिल्लो समय एम्बुलेन्स प्रति जनगुनासो बढ्दै गएको उनले बताए ।
कार्यक्रममा बोल्दै श्री पुष्पाञ्जली हस्पिटल भरतपुरका व्यवस्थापक सुजन अधिकारीले पेशाप्रति कर्तव्यनिष्ठ भइ अघि बढ्न सुझाव दिए ।

अध्यक्षमा पुनं ः लामिछाने

भरतपुरमा सम्पन्न संयुक्त एम्बुलेन्स चालक संघ नेपालको प्रथम भेलाले केन्द्रीय अध्यक्षमा नवराज लामिछानेलाई सर्वसम्मत चयन गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा ढुण्डराज मैनाली, उपाध्यक्षमा ठाकुर सापकोटा, महासचिव मुक्ति काफ्ले, सचिव दिपक थापा, कोषाध्यक्ष यदुनाथ भण्डारी रहेका छन् ।
संघको सदस्यहरुमा दिनेश योञ्जन, शिवप्रसाद वजगाई, तुलसी वि.क, शैलेन्द्र थापा र गोपी ब्लोन रहेका छन् ।
भेलामा सात वटै प्रदेशका एम्बुलेन्स चालकहरुको उपस्थिति रहेको थियो । देशभरका एम्बुलेन्स चालकहरुलाई संगठीत गराउने र उनीहरुको हक हितका लागि काम गर्ने उद्देश्यले संघलाई आधिकारिक रुपमा टे«ड युनियनमा दर्ता गराइएको अध्यक्ष लामिछानेले बताए ।