भुकम्पले क्षतिग्रस्त भवनमा नक्सापास विनै थप संरचना निर्माण

घर बहालकर समेत छलि


्चितवन÷भरतपुर महानगरपालिका २ नारायणगढको शहिदचोकमा रहेको भुकम्पले क्षतिग्रस्त भवनमा नक्सापास विनै थप संरचना निर्माण गरिएको पाईएकोे छ । शहिदचोकबाट बेलचोकतर्फ जाने मार्गको मुखैमा रहेको सो भवनमा गत ०७२ बैशाखको भुकम्पले क्षति पु¥याएको थियो । भुकम्पले क्षतिग्रस्त सो भवन भत्काउनुपर्ने अवस्था भएपनि सो भवनका धनिले सामान्य टालटुल गर्दै केही ठाउँमा फलामको टेका मात्र लगाएका छन् । जनता बैंक, चुलो रेष्टुरेण्ट जस्ता धेरै मानिसहरुको आवत जावत रहने चोकैको सो भवनको संरचना भित्र भित्रै भत्किसकेको भएपनि भाडाको लोभले ब्यवसायीले त्यसलाई ब्यवासायिक प्रयोजनमा लगाईरहेका हुन् । नारायणगढको ब्यस्त बजार तथा चोकमा रहेको सो भवनका तलपटीको छतका भागहरुमा खिया लागेको रड छर्लड्डै देखिन्छ । यसरी खाली गराउनुपर्ने अवस्थाको सो भवनमा फलामको टेका लगाउदै व्यबसाय सञ्चालन गर्दा कुनैपनिवेला भत्कन सक्ने जानकारहरु बताउँछन।झन् मानिसहरुको बढि आवत जावत हुने ब्यवसायहरु संचालनमा रहदा सो भवनमा रहने ब्यवसायी र त्यहाँ आउने सर्वसाधारणहरु असुरक्षित बन्दै गएको एक स्थानियले बताए । भण्डाफोर सँग कुरा गर्दै उनले भने राज्यका निकायहरु के हेरी बसेका छन् ? त्यो भवन भत्कीन गई कुनै मानविय क्षति भएमा त्यसको जिम्मा कसले लिने ?घर धनिले ? महानगरपालिकाको कार्यालयले ? या अन्य कुन निकायले त्यस्को जिम्मा कस्ले लिने ? उनले भने ।
नक्सापास विनै थप संरचना निर्माण
भुकम्पले क्षतिग्रस्त सो भवनको चौथो तलामा नक्सापास बिनै थप संरचना समेत निर्माण गरिएको पाईएको छ । भरतपुर महानगरको नक्सा शाखाबाट कुनै स्विकृती नै नलिईकन चौथो तलामा टष्ट लगाई कोठा निकालिएको हो । अन्य ग्रामिण भेगमा समेत सामान्य छाप्रोलाई नक्सा पास गराउनुपर्छ भन्ने महानगरले नारायणगढको मुटुमै भुकम्पले थिला थिला भएको घरमा नक्सापास नगरिकनै संरचना बनाउँदा किन देख्न सकेनन् ? के महानगरको अनुमगन सयन्त्र छैन ? अथवा निकम्पा छ ? यस विषयमा बुझ्दा महानगरका एकजना इन्जिनियरले आफूहरुले अध्ययन गरी आवश्यक कार्बाही गर्ने बताए । यता घर धनि प्रकाश चुके सँग सम्पर्क गर्दा उनले चारतला माथिको टष्ट आफुले नभई चुलो रेष्टुरेण्टले बनाएको भन्दै गैह्रजिम्बेबारी देखाए ।
घर बहालकर समेत छलि
सो भवनमा रहेका सटर तथा ब्यवसायबाट आउने भाडामा समेत घर धनि प्रकाश र रामकुमार चुकेले बहालकर छल्ने गरेको पाइएको छ । चुकेद्वयले ब्यवसायीबाट लिने भाडा र आन्तरिक राजस्व कार्यललयमा बुझाउने बहालकरमा ठूलो अन्तर देखिएको हो । आन्तरिक राजस्व कार्यालय भरतपुरका एक कर अधिकृतका अनुसार चुके मिनि मार्केटबाट न्यून अंकमा बहालकर आएको र बहालकर छलि भईरहेको सुचना समेत पाएको उनले बताए । यता आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख थानप्रसाद पंगेनीले बहालकर छल्नेहरु माथि आवश्यक कार्वाहीको तयारी भईरहेको बताएका छन् ।
ट्वाईलेटको फोहर महानगरको ढलमा मिसावट
चुकेद्वयले सो भवन र मार्केटको ट्वाईलेटको फोहर महानगरको ढलमा मिसाउने गरेको पाईएको छ । बेलुका भएपछि प्रकास चुके आफै उपस्थित भई फोहर ढलमा मिसाउने गरेका हुन् । यसैविच गत् आईतबार सो भवनभित्र पस्ने चनलगेट नजिकको गल्लीमा छतको टुक्रा खस्दा सो भवनमा किनमेलको लागी आएका एक ग्राहकलाई झण्डै लागेको थियो ।