कहिलेबाट कसरी सुरु भयो ‘भ्यालेन्टाइन डे’

हरेक वर्षको १४ फेब्रुअरीका दिन प्रेम दिवस अर्थात‘भ्यालेन्टाइन डे’ उत्सवको रुपमा विश्वभर मनाइने गरिन्छ । युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन ।

कहिलेबाट कसरी सुरु भयो ‘भ्यालेन्टाइन डे’
तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस ‘भ्यालेन्टाइन डे’ को इतिहास लाई फर्कर हेर्दा पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म्विरुद्ध भन्थे ।
उनले सम्राटको उर्दीको विपरित लुकिछिपी जोडीहरूलाई बिहे गराइदिन थाले । एक कान, दुई कान हुँदै यो कुरा सम्राटको कानसम्मपुग्यो । भ्यालेन्टाइनलाई पक्राउ गरियो र जेलमा थुनियो । जेलरकी छोरी उनलाई भेट्न जेलमा आइरहन्थिन् । झुण्ड्याइनु अघि उनले “ीयखभ ाचयm थयगच ख्बभिलतष्लभ” भनि हस्ताक्षर गरी एउटा नोट ती महिलालाई दिए । भ्यालेन्टाइनलाई ई. पू. २७० को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइयो । विश्वास गरिन्छ कि उनले ती महिलालाई प्रेमका बारेमा दिएको लिखतबाट भ्यालेन्टाइन्स डेका दिन आफ्नो सन्देश लेखेर दिने चलन चलेको हो । उनलाई मृत्युदण्ड दिएको दिनमा भ्यालेन्टाइन्स डे मनाउन थालिएको हो ।
उनको बुझाइ थियो अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजा आज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई। पू। २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।
त्यसै समयदेखि महान प्रेमी भ्यालेन्टाइन को सम्झनामा प्रत्येक वर्ष फ्रेब्रुअरी १४ का दिन विश्वका करोडौं प्रेमीप्रेमिकाले प्रेम दिवसका रुपमा मनाउने यस भ्यालेन्टाइन डे अहिले आएर नेपाली युवा माझ लोकप्रियता पाएको छ । प्रेमीप्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा यस दिनलाई लिइन्छ ।
प्रेम भावनासँग सम्बन्धि कुरा हो । यसलाई अनेक प्रतीक र बिम्बमा अभिव्यक्त गरिन्छन, गरिएका छन् । धेरै पहिलेदेखि रातो गुलाफलाई प्रेमको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै प्रयोग हुने वस्तु गुलाफको फूल नै हो । गुलाफ आदानप्रदान गरेर युवा युवतीहरुले आपसमा प्रेम पकट गर्ने दिन । आफुले मन पराएको केटा वा केटीलाई गुलाफको पूल दिएर नै प्रस्ताव राख्ने गर्दछन् । भ्यालेन्टाइन डे को अवसरमा गुलाफको फूलको रङ र यसका अर्थहरुलाई बुझ्नु पर्ने हुन्छ ।

प्रेम व्यक्त गर्न फूलहरू मात्र नभएर अन्य प्रतिकहरू पनि प्रचलित छन् । यस्ता प्रतिकहरूमध्ये एउटा वाणले हृदय चिरेर गएको प्रतिक सबैभन्दा प्रचलित छ । प्रेमी(प्रेमिकाहरूका लागि हृदयभन्दा राम्रो प्रतिक अरू हुन सक्दैन । कसैलाई यो उपहार दिनुको अर्थ तपाईंले उसलाई र्सवस्व सुम्पन चाहनुहुन्छ भन्ने हो । यो संकेतले तपाईंको हृदय उसको प्रेमको वाणले घाइते भएको छ भन्ने देखाउँछ । प्रेम पंक्षी (लर्डवर्ड) पनि प्रेमको प्रतिक हो । प्रेमी प्रेमिकाको साथ वा जोडी विना यो बस्न सक्दैन भन्ने धारणा छ ।
ख्रिष्टियन धर्मका अनुसार प्रेम पंक्षी (लर्डवर्ड) निर्मलता र प्रेमको प्रतिक हो । त्यसैले भ्यालेन्टाइन डे को दिन यसको प्रशस्त प्रयोग गरिन्छ ।