प्रसाद भन्दै गाँजा किनबेच गर्ने एक बाबा सहित ४१ पक्राउ


काठमाडौं । राजधानी काठमाण्डौंको पशुपती मन्दिर परिसर क्षेत्रमा चलिरहेको शिवरात्री पर्वमा गाजालाई प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने एक बाबा सहित ४१ प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर र गौशाला प्रहरीले पक्राउ गरेको हो ।
पशुपतीमा मनाइरहेको शिवरात्री पर्वलाई मध्य नजर गर्दै हिजोदेखि एक बाबा र एक मानसिक अवस्था बिग्रिएका सहित ४१ जना पक्राउ गरेका छौं गौशाला प्रहरी वृत प्रमुख डिएसपी अनुपम श्रेष्ठले भने । प्रहरीले तीर्थालुहरुको अत्याधिक भीड हुने पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको पनि उनले जानकारी दिएका छन् ।