चितवनको पदमपुरमा बधाई कार्यक्रम

पदमपुर, चितवन ।
चितवनको कालिका नगरपालिका वडा नं. ३ पदमपुरमा पदमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समूहको आयोजनामा आज शुक्रबार एक कार्यक्रमका बिच हालै सम्पन्न प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा निर्वाचित सांसद, मेयर एवम् वडा प्रतिनिधिहरुलाई सम्मान गरिएको छ । समूहका अध्यक्ष रामचन्द्र शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोख्रेल, प्रदेश सभा चितवन क्षेत्र नं. २ “क” का सांसद घनश्याम दाहाल, कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ, उपप्रमुख कमला भट्टराईलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा कालिका वडा नं. २ का वडा अध्यक्ष सोम बहादुर गुरुङ्ग, वडा नं. ३ का वडा अध्यक्ष टिकाराज रिजाल, वडा नं. ४ का वडा अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, वडा नं. ५ का वडा अध्यक्ष जियन महतो तथा वडा सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सांसद कृष्णभक्त पोख्रेल, सांसद घनश्याम दाहाल, नगर प्रमुख खुमनारायण श्रेष्ठ, समूहका उपाध्यक्ष लक्ष्मण पौडेल लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।