अण्डा उत्पादक संघको अध्यक्षमा कँडेल निर्विरोध चयन

चितवन, माघ २८ –
नेपाल अण्डा उत्पादक संघको अध्यक्षमा चितवनका त्रिलोचन कँडेल निर्विरोध निर्वा्चित भएका छन् ।
यसअघिको कार्यसमितिका महासचिव कँडेललाई चितवनको भरतपुरमा सम्पन्न १४ औँ साधारणसभा तथा आठौँ अधिवेशनले अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा रघुनाथ भट्ट, महासचिवमा नेत्रराज हमाल, सचिवमा मदन चिरञ्जीवी पोख्रेल र कोषाध्यक्षमा सोमनाथ तिमिल्सिना निर्विरोध चयन भएका हुन् ।
यस्तै सदस्यहरुमा इन्द्रलाल श्रेष्ठ,प्रवीण केसी, किरण भुषण ओली, अञ्जनकुमार पौडेल, घुम्मन चौधरी, जनार्दन अधिकारी,चन्द्रमायाँ क्षेत्री, भरत कार्की, माधवप्रसाद अर्याल,गोकुलनाथ पौडेल र सुदर्शन आचार्य निर्वा्चित भएका छन । बन्द सत्रले सबै कार्यसमिति निर्विरोध चयन गरेको हो । संघमा देशभरका ७०० कुखुरापालक किसान आबद्ध रहेका छन् ।