रोलरले किच्दा एकको मृत्यु

चितवन माघ २६। चितवनको भरतपुरस्थित आँपटारीमा पिच पेल्ने रोलरले किचेर बिहीबार एक जनाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिङ्ग सडकखण्डको पिच पेल्ने क्रममा को १ क ४७८ नम्बरको रोलरले किचेर तनहुँ डुम्रेका करिव २१ वर्षिय कृष्ण गुरुङकोे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो । गुरुङको अवस्था मानसिक सन्तुलन गुमेको र तेस्रो लिंगी व्यक्ति समेत रहेको प्रहरीले बताएको छ । रोलरले किचेका घाइते भएका गुरुङलाई उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको र रोलर साथै त्यस्का चालकलाई वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।