विवाहमा आएको दक्षिणा मानवसेवा आश्रममा हस्तान्तरण

चितवन माघ २५ । चितवनको भरतपुरका एक नवदम्पत्तीले विवाहमा आएको दक्षिणा भरतपुरमा रहेका मानव सेवा आश्रममा रहेका असहायहरूका लागि सहयोग गरेको छ ।
भरतपुर महानगरपालिका– १२ बसपार्ककी सोनिया गुरुङ र पोखराका विशाल गुरुङले बिहीबार आफ्ना नजिकका नातेदार बाहेक साथीभाइ, इष्टमित्रबाट जुटेको ३ लाख ३७ हजार ६४० रुपैयाँ आश्रम चितवनकी संयोजक रूपा केसीलाई उक्त रकम हस्तान्तरण गरिएको सोनियाका बुबा हिमाल गुरुङले जानकारी दिए । बेलायत बस्ने छोरी सोनियालाई सामाजिक भाव र सहयोगी भावना जागृत होस् भनेर सहयोग गरिएको बुबा हिमालले बताए । मानिसले आफूलाई जन्म र कर्म दिने बुबा आमालाई नहेरिरहेको अवस्थामा आश्रममा रहेका भाइ बहिनी हरूले सडकमा बेवारिसे भएका अशक्त, मनोरोगी बुबाआमा हरूलाई उद्धार गरी हेरचाह गर्ने महत्त्वपूर्ण कार्य भएकाले सहयोग गरिएको उनले बताए ।