दुब्यबहार गर्ने विरुद्ध बालकुमारी कलेजका प्राध्यापकबाट चितवन प्रहरीमा जाहेरी ।

चितवन माघ २५ । आफू माथि दुब्यबहार भएको भन्दै बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण थापाले बुधबार जिल्ला प्रहरी कार्यालय जाहेरी दिएका छन् । बिद्यालयमा अध्यापन गराइरहेको समयमै नेकपा माओवादी विप्लव निकटका विद्यार्थीले प्रधानाध्यापक थापालाई तीन दिन अगाडि अर्थात माघ २२ गते सोमबार कक्षाबाहिर बोलाई कालोमोसो दलेका थिए । लगत्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अन्य सदस्यहरुसहित प्रहरी पुगेका थापाले सार्वजनिक अपराध अन्तर्गत जाहेरी दिएको चितवनका प्रहरी प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । सो घटनाको शिक्षक सम्बद्ध संघसंस्थाहरुले विरोध गर्दैआएका छन् ।

घट्ना के भएको थियो रु
गत, सोमबार बिहान नेकपा माओवादी निकटका अखिल क्रान्तिकारीका विद्यार्थी नेताकार्यकर्ता एकाएक बालकुमारी कलेज आइपुगे । त्यसपछि , प्राध्यापक नारायण थापालाई खोजीमा उनीहरु भौतारिए । लगत्तै , त्यसमध्य एक जनाले सुइँको पाए , सर पढाउदै हुनुहुन्छ । त्यसपछि , विद्यार्थीहरुको हुल कक्षा १२ मा पुग्यो । ढोका लगाइएको थियो , ढकढक्याए लगत्तै प्राध्यापक थापालाई बाहिर निकालियो र केही नभनी एक्कासी आफू सित ल्याएको मोसो दलेर र कुलेमार ठोके । पछिल्लोपटक विद्यार्थी संगठनहरुले कालोमोसो दल्ने प्रबृती रोकेका छैनन् । सानो कुरामा चित्तबुझ्दो नभए , होस् वा हुँदै नभएको कुरा नै बनावटी बनाएर किन नहोस् , दुब्यबहारको सजिलो माध्य बनेको छ कालोमोसो । केही महिना अगाडि पनि रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाश ढुंगानालाई उनै माओवादी निकट विद्यार्थी नेताहरूले भ्रष्टाचारको आरोप लगाउदै कालोमोसो दलेका थिए । लगत्तै , ईलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिएपछि प्रहरीको सुरक्षा अवस्था मजबुत भएकै कारण त्यसबखत अभियुक्तलाई प्रहरीले चाडैं नियन्त्रणमा लिन सफल भयो, आशा गरौं प्राध्यापक थापा माथि दुब्यबहार गर्ने अभियुक्तलाई पनि चितवन प्रहरीले चाडैं नै नियन्त्रणमा लिएर कानुनी कठघरामा उभ्याउने छ ।