बालिका बलात्कार गर्ने एक अभियुक्तलाई आठ बर्ष कैदको सजाय

चितवन माघ २५ । १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा चितवन जिल्ला अदालतले एक अभियुक्तलाई आठ वर्ष कैद सजाय सुनाएको छ ।न्यायाधीश वासुदेव न्यौपानेको एकल इजलासले पक्राउ परेका
भारत मोतीहारी स्थायी घर भई हाल भरतपुर महानगरपालिका १५ बस्दै आएका ५० वर्षीय सुमन शाहलाई उक्त सजाय सुनाएको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए । साहले गत, असोज १४ गते मंगलपुर घर भएकी बालिकालाई घरमा कोही नभएको अवस्थामा गत, असोज १४ गते जबर्जस्ती करणी गरेका थिए । लगत्तै , निज अभियुक्तलाई प्रहरीले १६ गते पक्राउ गरेको थियो भने, पीडित का तर्फबाट बालिकाकी आमाले गत, असोज १७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी थिइन् ।