लागुऔषध सहित गुण्डागर्दीमा संलग्न चार चितवन प्रहरीको नियन्त्रणमा ।


चितवन, २३ माघ । जिल्ला प्रहरी कार्यालय चितवनले प्रतिबन्धित लागुऔषध सहित तीन जना तथा गुण्डागर्दीमा संलग्न एक जनालाई मंगलबार पक्राउ गरेको छ । डिएसपी प्रभु प्रसाद ढकालको संयोजकत्वमा सञ्चालन गरेको लागु औषध नियन्त्रण तथा गुण्डागर्दी नियन्त्रण अभियान अन्तर्गत वडा प्रहरी कार्यालय नारायणगढले ती उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कास्कीको पोखरा लेखनाथ महानगरपालिका घर भएका ३० वर्षीय सूर्य गुरुङ, गोरखाको शहिद लखन गाउँपालिका घर भएका २४ वर्षीय मनोज भट्ट र चितवनको भरतपुर महानगरपालिका घर भएका १७ वर्षीय मञ्जील कुमाल रहेको र उनीहरुको साथबाट नाइट्राजेपाम सात सय २० ट्याबलेट, डाइजेपाम २९ एम्पुल, ब्रुफिनर्फिन २९ एम्पुल र फेनारगन २९ एम्पुल बरामद गरेको चितवन प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई लागु औषध ९नियन्त्रण० ऐन २०३३ अन्तर्गत मुद्दामा अदालतबाट म्याद थप गरि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । यसैबीच , चितवन प्रहरीकै टोलीले गुण्डागर्दीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । नारायणगढको लायन्सचोकमा रहेको सब्जीमण्डीमा गुण्डागर्दी गर्ने गरेको गुनासोको आधारमा चितवनको भरतपुर घर भएका ३२ वर्षका बिरु महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका महर्जनलाई सार्वजनिक अपराध र सजाय ऐन अन्तर्गत म्याद थप गरि कारबाही अगाडि बढाइएको चितवनका प्रहरी प्रमुख एसपी दिपक थापाले बताउनुभयो ।