रामचन्द्र पौडेलका छोरी ज्वाईँ माधब खनालको निधन ।

 

 चितवन माघ २३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरी ज्वाईँ माधब खनालको सोमबार राती पानी सर्केर निधन भएको छ। चितवनको भरतपुरस्थित पुल्चोक निवासी खनालको सोमबार राति घरमै पानी खाने क्रममा सर्केर मृत्यु भएको हो। खनाल रक्तचाप र मधुमेहका विरामी पनि थिए । पानी सर्केर गाह्रो भएपछि नजिकैको उपचारका लागी भरतपुर अस्पताल पुर्‍याए पनि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । ४८ वर्षीय खनाल चितवनमा श्रीमती र परिवारका साथ बस्दै आएका थिए ।