प्रदेश तीन मा राष्ट्रियसभा चुनाव सुरु

२४ माघ, काठमाडौं । न. प्रदेशको राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ । निर्वाचन ललितपुरको जावलाखेलमा भइरहेको छ ।
मतदाताहरु लामवद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।
प्रदेश न.तिनमा ११९ स्थानीय तहका प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्ष गरी कुल २३८ जना र ११० प्रदेश सांसद गरी जम्मा ३४८ मतदाता छन् ।

जावलाखेलस्थित ललितपुर महानगरपालिकाको ४ नम्बर वडा कार्यालयमा मतदान केन्द्र तोकिएको छ। जावलाखेल मैदानमा मतदानको व्यवस्था मिलाइएको छ ।

राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट ८ जना निर्वा्चित हुने व्यवस्था छ । जसमा ३ जना खुला, ३ जना महिला, एक जना अपांग वा अल्पसंख्यक र एक जना दलित सदस्य रहन्छन् ।