भरतपुर फुटवल क्लब विजयी


चितवन । माघ २१
प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको आइतबारको खेलमा भरतपुर फुटबल क्लबले टाँडी युनाईटेड क्लवलाई पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको छ । पेनाल्टी सुट आउटमा ४ का विरुद्ध ५ गोल गर्दे भरतपुर बिजयी भएको हो । यो टिम क्वाटरफाइनल प्रवेश गरेको छ ।
निर्धारित समय सम्म दुवै तर्फवाट गोल हुन सकेन र पेनाल्टी सुटआउट मार्फत खेलको नतिजा निकालिएको थियो । टाँडीका तर्फबाट पहिलो पेनाल्टीको सदुपयोग गर्न नसक्दा त्यहि नै टांडीका लागि दुर्भाग्य बनेको थियो ।
खेलको म्यान अफ दि म्याच भरतपुरका गोलरक्षक मनोज गुरुङ भए । उनलाई एन्फा चितवनका अध्यक्ष श्रीकृष्ण कार्की र प्रहरी नायब महानिरीक्षक केदारमानसिहं भण्डारीले ट्रफि प्रदान गरे । फाल्गुन २ गते सम्म चल्ने खेलको बिजेताले नगद २ लाख २२ हजार र उप बिजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ भोलिको खेल भरतपुर फुटबल जुनियर प्रहरी अधिकृत शिक्षालय र नारायणी फुटबल क्लब लिलाचोकका बीचमा दिउँसो २ वजे हुनेछ ।
त्यस्तै टिकट खरिद गर्ने दर्शकवीच गरिएको लक्की ड्र बाट सन्त ब। क्षेत्रीले आकर्षक मोबाइल प्राप्त गरे । एभरेष्ट लक्की ड्र मार्फत हरेक दिन एकजना टिकट खरिदकर्तालाई मोबाइल प्रदान गरिने आयोजक क्लवका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए ।