शुक्रनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा रिजाल निर्वाचित

चितवन माघ २१ । पश्चिम् चितवनको शुक्रनगर मा रहेको शुक्रनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था को अध्यक्षमा लोकनाथ रिजाल निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी रामकृष्ण पुरीलाई ७८ मतान्तरले पराजित गर्दै रिजाल विजयी भएका हुन् । रिजालले ३ सय ४ मत प्राप्त गर्दा पुरीले २४० मत प्राप्त गरेका थिए । रिजाललाई नेपाली काँग्रेसको समर्थन रहेको थियो भने पुरीलाई बाम गठबन्धनको समर्थन रहेको थियो । यस्तै उपाध्यक्षमा नेत्र प्रसाद पाण्डे र सचिवमा इन्द्र प्रसाद सुवेदी विजयी भएका छन् । उपाध्यक्ष र सचिव बाम गठबन्धनवाट उम्मेद्वार बनेका थिए । तीन पदका लागी मात्र निर्वाचन भएको थियो । अन्य ९ सदस्य भने सर्वसम्मत चुनिएका छन् । अध्यक्षमा बाम गठबन्धनका उम्मेद्वार पुरीलाई माओवादी केन्द्रले असहयोग गरेका कारण पराजित भएको नेकपा एमालेले आरोप लगाएको छ ।