क्रान्तिकारीका कार्यकर्ताद्वारा प्रधानाध्यापक थापालाई कालोमोसो ।

प्रनिश थापा , चितवन माघ २३ । नेकपा माओवादी विप्लव निकटका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका कार्यकर्ताहरूले नारायणगढमा रहेको बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणबहादुर थापालाई कालो मोसो दलेका छन् । विद्यालयको भौतिक निर्माणमा आर्थिक अनियमितता, शिक्षक र कर्मचारी नियुक्तिमा मनपरी गरेको र चर्को शिक्षा शुल्क लिएको आरोपमा विद्यालय हाताभित्रै थापालाई कालोमोसो दलिएको हो । प्रधानाध्यापकमाथि दुब्यबहार गर्ने विद्यार्थी कार्यकर्तालाई प्रहरीले खोजी गरिरहेको चितवन प्रहरीले जनाएको छ ।