वायुसेवा कम्पनीले सोमबारदेखि हवाई भाडा बढाउने

?????

चितवन माघ २१ । नेपाल आयल निगमले बिहीबार मध्यरातबाट हवाई इन्धनमा मुल्यवृद्धि गरेपछि निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले सोमबारदेखि हवाई भाडा बढाउने निर्णय गरेका छन् । वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघको शुक्रबार बसेको बैठकले न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ३ सय ५५ रुपैयाँसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको संघका प्रबक्ता घनश्याम आचार्यले जानकारी दिए । आचार्यका अनुसार प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरी ९५ रुपैयाँ पुर्याएपछि वायुसेवा कम्पनीले पनि सोही अनुपातमा हवाई भाडा बढाउने निर्णय गरेको हो। उनले भने,कार्यान्वयनका लागि आज आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा सिफारिस गर्ने साथै, ’प्राधिकरणले अनुमोदन गरेको खण्डमा मात्रै भोलिदेखी भाडादर कार्यान्वयन हुने बताए ।’

नयाँ भाडादर यस प्रकारको छ स्(
प्राधिकरणले अनुमोदन गरे खण्डमा बायुसेवाले नयाँ भाडादर अनुसार काठमाडौंबाट सबैभन्दा नजिक ९करिब १५ मिनेट० हवाई दूरीमा रहेको सिमरा जान ३ हजार १ सय २५ रुपैयाँ र टाढा ९१ घन्टा २० मिनेट० दूरीको धनगढी जान १२ हजार ६ सय ७५ रुपैयाँ लिन सक्ने छन् । त्यस्तै, बाराको सिमराका लागि ७५ रुपैयाँ र धनगढीका लागि ३ सय ५५ रुपैयाँ भाडा लाग्ने छ । यसमा विमानस्थल कर २ सय रुपैयाँ जोडिएको छ । त्यस्तै , काठमाडौंबाट माउन्टेन फ्लाइटलाई प्रतियात्रु २ सय ७५, पोखरा लाई १ सय २५, भैरहवालाई १ सय ६५, विराटनगरलाई १ सय ९०, भद्रपुरलाई २ सय ४०, भरतपुरलाई ८५, नेपालगन्जलाई २ सय ६०, जनकपुरलाई १ सय ५ र तुम्लिङटारलाई१ सय ४५ रुपैयाँ भाडा लाग्ने प्रबक्ता आचार्य बताउनुहुन्छ ।