चितवन प्रहरीको :आकस्मिक अप्रेसनमा ४ सय ८४ गाडी नियन्त्रण , ४ लाख राजर्श्व संकलन ।

 

 चितवन माघ २१ । जिल्ला प्रहरी कार्यालय चितवनले पछिल्लोपटक जिल्लाको सुरक्षा अवस्था कडाइ र मजबुत बनाउन कटिबद्ध रूपमा लागिपरेका छन् । कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दिपक थापाका अनुसार बितेको पाँच दिनमा कार्यालयले गरेको ुआकस्मिक चेकजाँच अभियान’ अन्तर्ग्गत नियम उल्लंघन गर्ने चार सय ८४ गाडीसहित दुई सय ७९ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट ४ लाख १७ हजार रुपैयाँ राजस्व समेत संकलन गरिएको चितवनका प्रहरी उपरीक्षक दिपक थापाले बताउनुभयो । यस्तै, अभियान अन्तर्गत सवारी चलाउने क्रममा हेलमेट नलगाउने, सिटबेल्ट नलगाउने तीन जना चढेर मोटरसाइकलमा हिँड्ने ४१ जना र मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने, प्रेसर हर्न बजाउने , निषेधीत क्षेत्रमा हर्न बजाउने १७ जना साथै, सवारीचालक अनुमतीपत्र नलिई सवारी चलाउने एक सय ७९ जनालाई समेत कारवाही गरिएको प्रहरीले बताएको छ । शान्ति सुरक्षा अमनचयन कायम राख्न र गुण्डा नियन्त्रण गर्न तथा सवारी नियम उल्लंघन गर्नेलाई कारवाहीका लागि अभियान चलाएका हौं , यो अभियानले सार्थकता पाउन्छ यस्मा कुनै शंका गर्नु आवश्यक छैनन् एसपी थापाले भन्नुभयोस्( ‘सुरक्षित चितवनको आधार, शान्ति सुरक्षा र मानव अधिकार’ अवधारणा अन्तर्गत शुरु भएको सो अभियानमा क्रममा १७ जना पक्राउ परेका छन् । मापसे गरेर घरेलु हिंसामा संलग्न हुने र समाजमा विकृति फैलाउने १८ जना, लागूऔषध प्रयोग, ओसारपसार तथा बेचबिखनमा संलग्न ७ जनालाई समेत नियन्त्रणमा लिएका छौँ ।