अनुदानका कार्यक्रम कटौती भएकोमा मत्स्य व्यवसायीको ध्यानाकर्षण

 । चितवन । नेपाल मत्स्य व्यवसायी संघको छैठौँ राष्ट्रिय परिष्द्को शनिबार बसेको संयुक्त बैंठकले मत्स्य क्षेत्रमा विगत वर्षमा आएका अनुदान कटौतीप्रति आफ्नु गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ। भरतपुरमा बसेको माछापालक किसान अगुवाको बैंठकले स्थानीय तहमा कृषि मन्त्रालयको बजेट स्थानान्तरण भएपनि अनुदानका कार्यक्रम कटौती भएकोमा नेपाल सरकारको ध्यानाकषर्ण गराउने भएको छ। बैठकले भारतबाट आयातित फर्मालिन मिसाइएको माछा नियन्त्रण गर्ने , प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका कार्यक्रम सञ्चालन गर्न संघसँग समन्वय गराउने, साउनमा आएको बाढीले क्षति पुगेका माछापोखरीको राहत छिटो वितरण गर्नुपर्ने जस्ता विषयमा पहल गर्ने निर्णय गरेको छ। घछ जिल्लाका माछापालक किसानको सहभागिता रहेको उक्त बैंठकमा बोल्दै नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय महासचिव जोगेन्द्र महतोले परिषद बैठकले कृषिको बजेट कृषि मै लगानी गर्ने वातावरण बनाउन दबाबमुलक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए। केन्द्रीय अध्यक्ष अम्विकाप्रसाद अधिकारीले मत्स्य नीति नहुँदा माछापालक किसान निराश बनेको टिप्पणी ब्यक्त गरे।