अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा बराल निर्वा्चित

अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा भरतपुर अस्पतालका संजय बराल चयन भएका छन् । शुक्रबारदेखि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा सुरु भएको तेस्रो महाधिवेशनले सर्बसम्मत रुपमा ३१ सदस्यीय कार्य समिति समेत चयन गरेको छ । जस्मध्य युनियनको बरिष्ठ उपाध्यक्षमा सेती अञ्चल अस्पतालका लोकराज पाण्डे , महासचिबमा कोशी अञ्चल अस्पतालका नवराज लुइँटेल , सचिबमा भेरी अञ्चल अस्पतालका अरुण खनाल , सहसचिब मा मनोज कुमार देब र कोषाध्यक्षमा बद्रि बस्नेत चयन भएका छन् । त्यस्तै महाधिवेशनले ५ वटा प्रदेशमा प्रदेश प्रमुख समेत चयन गरेको छ । प्रदेश नम्बर १ मा बद्रि प्रसाद दाहाल , प्रदेश नम्बर २ मा संजय कुमार गुप्ता , प्रदेश नम्बर ३ मा सुरेन्द्र केसी , प्रदेश नम्बर ४ र ६ मा चयनको टुंगो नलागेको , प्रदेश नम्बर ५ मा अर्जुन जंग शाही र प्रदेश नम्बर ७ मा नरेन्द्र थारु चयन भएका छन् । नवनिर्वाचित पदाधिकारीलाई प्रमुख निर्वाचन अधिकृत राधा पोख्रेलले शनिबार नै सपथ ग्रहण गराएकी थिइन् ।

९ बुदे घोषणा पत्र ।
उता, अस्पताल विकास समिति कर्मचारी युनियनको शनिबार भएको तेस्रो महाधिवेशनले ९ बुँदे चितवन घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रमा नियामावली अनुरुप वृत्ती विकास र बढुवाको ब्यबस्थापन , तहगत कर्मचारी ब्यबस्थामा कर्मचारी समायोजनको समस्या समाधानको पहल लगायतका छन् ।
नवनिर्वाचित अध्यक्ष संजय बरालले कर्मचारीहरुलाई करारमा राखी करारको नाममा हुने श्रम शोषणओक अन्त्य गर्दै करार निर्देशिका खारेज गरि सबै दरबन्दी अनुरुपका करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई नियमावली संसोधन गरि यथाशिग्र स्थायी गर्ने प्रबन्धको व्यवस्था पहल गर्ने आश्वासन समेत दिलाएका थिए ।