चितवनमा हुने क्यान इन्फोटेक मेला प्रविधिमा केन्द्रित रहने

चितवन–
चितवनमा माघ २५ गतेदेखी सुरु हुने तेस्रो डिजीकम क्यान इन्फोटेक मेलामा नयाँ–नयाँ प्रविधिहरु प्रर्दशनी गरिने भएको छ । मेलामा चितवनका १० कलेजका विद्यार्थीहरुले स्मार्ट सिटी सम्वन्धी नयाँ प्रविधिहरु प्रस्तुत गर्ने छन् । प्रविधि प्रर्दशनका लागी दुई दिन विद्यार्थीहरुका लागी बर्कसप संचालन गरिएको छ । रोवटिक नेपाल डटकमको प्राविधिक सहयोगमा फोव्स कलेज क्षेत्रपुरमा आयोजना गरिएको बर्कसपमा ७ स्कूल तथा कलेजका ३० जना विद्यार्थीलाई सहभागी भएका थिए । गुरुकुल कलेज, एसओएस स्कूल,अर्किट कलेज,स्मल हेभेन स्कूल,यूटेक कलेज,अक्सफोर्ड कलेज र आइएसएमटी कलेजका विद्यार्थीहरु बर्कसपमा सहभागी भएको रोबटिक्स नेपाल डटकमका प्रवन्ध निर्देशक कृष्ण पोखरेलले जानकारी दिनुभयो । उहाँले मेलामा १० प्रकारका प्रविधिहरु प्रर्दशन गरिने वताउनुभयो । मेला संचालन हुने दिनसम्म विद्यार्थीलाई नियमित प्राविधिक सहयोग प्रदान गरिने पोखरेलले वताउनुभयो ।

प्रविधि प्रर्दशनिमा स्मार्ट सिटि कस्तो हुनुपर्छ भनेर प्रविधिमार्फत जानकारी प्रस्तुत गरिने पोखरेलको भनाई छ । स्मार्ट सिटिका लागी घर,लाईट,इलेक्ट्रिक्स मिटर,ट्राफिक व्यवस्थापन र यातायात संचालन सवै स्मार्ट हुनुपर्छ भन्ने ज्ञान सो प्रर्दशनिमा प्राप्त गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

यसपटकको क्यान इन्फोटेक मेला ल्यापटप र पेनड्राइभ किन्ने मेला मात्रै नभई प्रविधि हेर्ने र नयाँ कुरा सिक्नेखालको हुने मेला मूल व्यवस्थापन समिति संयोजक एवंम संघका शाखा अध्यक्ष भानु शर्माले बताउनुभयो । प्रविधिमा रुचि राख्ने सवैले मेलाको अवलोकन गर्नुपर्ने शर्माको भनाई छ । मेलाले सूचना प्रविधिको समुन्नत विकासमा सहयोग पुर्याउने उहाँले वताउनुभयो ।

मेलामा देशभरका सूचना प्रविधिका कम्युटर, मोवाइल, ल्यापटप, स्मार्ट टीभी , सफ्टवेयर लगायतका ८० वटा स्टलहरु रहने छन् । यस्तै सूचना प्रविधि सम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि सेमिनार, गोष्ठी, रोवोटिक प्रर्दशनी र गेमिङ्गका स्टलहरु रहने क्यानले जनाएको छ ।

क्यान मेलामा सूचना प्रविधिका क्षेत्रमा भएका पछिल्ला उत्पादन तथा सेवाबारे जानकारी समेत लिन सकिने छ । साथै टेलिभिजन मोबाइल, कम्प्युटर, ल्यापटप तथा बिभिन्न सफ्टवेयर र हार्डवेयरहरुको खरिद बिक्री समेत मेलामा हुनेछ ।

कम्युटर एशोसियन नेपाल महासंघ (क्यान), चितवनको आयोजनामा २५ देखि २९ गतेसम्म भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा सूचना प्रविधि मेला संचालन हुंदैछ ।