गलेश्वर आश्रमको आयोजनामा हुने महायज्ञको तयारी अन्तिम चरणमा ।

 चितवन माघ २० । धार्मिक क्षेत्र देवघाटमा गलेश्वर आश्रमको आयोजनामा आइतबारदेखि फागुन २ गते सम्म हुने १० दिने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रपती विद्यादेवी भण्डारीले उद्धघाटन गर्ने महायज्ञको सम्पुर्ण तयारी सम्पन्न भएको संकल्पकर्ता महामण्डलेश्वर आत्मानन्द गिरीले बताए । महायज्ञलाई निकै भब्य र ब्यवस्थीत गर्न सम्पुर्ण मुल समिती उपसमिती सबै निकै सक्रियताका साथ लागेको बताउदै यो एउटा निकै सुनौलो अवसर भएकोले यो अवसर नगुमाउन सबै भक्तजनलाई आग्रह गरेका छन् । ‘गलेश्वर आश्रम देवघाटधाम विराट महायज्ञ– २०७४’ नाम दिइएको सो महायज्ञबाट संकलित दान द्रब्यबाट गलेश्वर आश्रममा वेद–वेदाङ्ग विद्यालयको स्तरवृद्धि गरिने लक्ष्य लिइएको छ । आश्रमले हालसम्म कक्षा ६ देखि १० सम्मको शिक्षा दिइरहेको छ । भौतिक संरचनाको अभावमा विद्यार्थीहरु लाई अध्ययन अध्यापन गराउन गाह्रो भएको र यसलाई शास्त्री सम्मको पढाइ विस्तार गर्नका लागी आर्थिक जोहो गर्ने उद्देश्यले सो महायज्ञ आयोजना गर्न लागिएको र स्थायी अन्न क्षेत्रको सुदृढीकरण, अति वृद्धवृद्धा
हरुको सेवा केन्द्र स्थापना, देवघाटधाम धर्मार्थ अस्पतालको सेवा विस्तार र नवनिर्मित शिवालय मन्दिरको नृत्य पूजा गर्न कोषको स्थापना गर्ने कार्यको लागि खर्च गरिने आश्रमका पीठाधीश महामण्डलेश्वर आत्मानन्द गिरीले बताए । महायज्ञका अवसरमा पितृ उद्धारका लागि १०८ श्रीमद्भागवत् महापुराण, चौध हजार ६४१ आवृत्ती सहितको अतिरुद्री, शतचण्डी , ब्रहागायत्री मन्त्रद्धवारा लक्ष्य हवन चारै देवहरुको पाठपारायणं शिव महापुराण, श्रीम ददेवी भागवत,
गणेशपुराण, बिष्णु पुराण, सुर्य पुराणको पाठ पारायण, बिशेष पितृ त्रपर्ण, श्रीमदभागवत गिता र बिष्णु पुराण पाठ, दैनिक सामुहिक गंगा आरती, १०८ लक्ष्य दिप प्रजवलन, भुमिदान तुलादान, गौदान धान्यान्चल आदी अनुष्ठानहरु हुने संकल्पकर्ता अनन्तश्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजीले बताए । सो अवसरमा गलेश्वर आश्रममा झण्डै ८ करोड लागतमा निर्माण सम्पन्न भएको शिव पञ्चायन मन्दिर र धर्मशालाको उद्घाटन सँगै मन्दिर परिसरमै रहेको १०८ नर्वदेश्वर शिवलिङ्गको प्राण प्रतिष्ठा गरिने कार्यक्रम रहेको छ । देवघाट क्षेत्र धार्मीक रुपमा निकै महत्वपुर्ण स्थान भएपनि यहाँ बिशेष प्रकारको मन्दिर नभएका कारण देवघाटको घार्मीक महत्वलाई थप उचो बनाउन आफुले बिगत ५ वर्ष अगाडी देवघाटमा भब्य शिवको मन्दिर निमार्णको संकल्प गरेको र त्यो संकल्प पुरा भएको संकल्पकर्ता आत्मानन्द गिरीजीले जानकारी दिए । नब निर्मीत शिव मन्दिर भित्र गर्भ गृहमा विशाल नर्मेदेश्वर ज्वतिर शिवंलिगं सहित पन्चायन देवताको मुर्ती खडा गरिने र त्यसको प्राण प्रतिष्ठाका लागी २१ देखी फाल्गुन २ गतेसम्म अतिरुद्री हुने छ । यो अतिरुद्री अहिले सम्म नेपालमा भएको आफुले थाहा नपाएको र यो भगवानको पाला मा मात्रै भएकाले यो मनुस्य जगतका लागी पनि यो कार्य निकै ठुलो र महत्वपुर्ण भएकाले यसमा सरिक भएर तन मन धनले सहयोग गर्न देश तथा बिदेश मा रहनुभएका सबै दानकारी मनहरुलाई महाराजले आग्रह गर्दै यसबाट संकलित रकमले बैदिक सनातन धर्म र संस्कृतिको संरक्षण ,आध्यात्मिक चेतनाको प्रचार , प्राचीन नेपाली कला र संस्कृतीको संरक्षण बैदिककाल देखी नै महत्वपुर्ण रहेको देवघाट धामको महत्व अन्तराष्ठीय जगतमा पुर्याउनु, देवघाटमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु, संस्कृत बिद्याको संरक्षण सम्बन्धन गर्नु, बृद्ध बृद्धाहरुलाई ब्याबस्थित आबासका लागी कुटी निमार्ण गरी आवास तथा खानपानको ब्यवस्था गर्नु लगायत रहेको देबघाट क्षेत्र बिकास समितीका अध्यक्ष एवं प्रचार प्रसार उपसमितीका संयोजक टंकनाथ पौडेलले बताए ।